|

सुर्खेत : तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ।

दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दर्शकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो।

जीर्ण तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।

अबको दुई महिनाभित्र सबै काम पूरा हुने लक्ष्यका साथ कामलाई तीव्रता दिएर युद्धस्तरमा निर्माण कम्पनी खटिएकै कारण केही महिनाभित्र भौतिक संरचनाको काम पूरा हुने भएको हो।

डाक्टरको आवासदेखि सेवा प्रवाहको लागि भवनको अभाव रहेको भन्दै समय, समयमा विवाद हुने जाजरकोट अस्पतालमा अब तोकिएको दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालन गरे सबै खालको सेवा दिन सके कर्णाली प्रदेशकै दोस्रो अस्पतालको रूपमा विकास हुने अपेक्षा लिइएको छ।

रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानको बीचमा रहेको यो अस्पताल सबैको भरोसा बटुल्नका लागि सेवा प्रवाहको पाटो राम्रो हुनैपर्छ।

मध्यपहाडी लोकमार्ग, लुम्बिनी –रारा र भेरी करिडोरको बीचमा रहेको रहेको यो अस्पताल बिरामीको चाप हुने मध्यमा पर्दछ।

अक्सिजन पलान्टदेखि अप्रेशन सेवासमेत प्रदान गर्दै आएको अस्पतालले अझै सेवा प्रवाहमा अब्बल राख्न सके सबैको भरोसा बटुल्ने कुरामा दुईमत नरहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए।

उनले भने ,‘ सेवा दिने र लिने दुवै सन्तुष्ट भएमा मात्र त्यहाँको भरोसा बढ्छ। संरचना विकास भयो, अब सेवा प्रवाहको पाटोसमेत मजबुत हुनुपर्छ। यसमा सबैको रचनात्मक सहयोग हुनुपर्छ।’

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको यो अस्पताललाई संघीय सरकारको मताहतमा राख्नुपर्ने मतसमेत उठ्दै आएको छ।

६१ स्वास्थ्यकर्मीको दरबन्दी

तीन जिल्लाको बीचमा रहेका कारण सबै खालका सेवा प्रवाह गर्नुपर्ने भएकाले यसलाई संघ सरकारमार्फत राखेर काम गर्न सके राम्रो हुनेमा सरोकारवालाको भनाइ छ। अस्पलाल जाने सडक, खानेपानी र विद्युत सेवालाई भरपर्दो बनाउन सके यहाँ सेवा लिन आएका आम नागरिक थप सन्तुष्ट बनाउन सकिने जुनिचाँदे –४ का रेशमबहादुर खड्काले बताए।

६१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले अस्पतालमा सबै दरबन्दीमा स्वास्थ्यकर्मी कार्यरत नरहेको पाइएको छ। स्वास्थ्यकर्मी र कर्मचारीको सेवा , सुविधालाई व्यापक हेरफेर गरी काम गर्न सक्ने वातावरण निर्माण गर्नसमेत सुझाएको छ।

अधिकांश अस्पताल विकास समितिको नाममा भत्ती भएका केही कर्मचारीहरु राजनीतिक दलको कार्यक्रता बन्दा सेवा प्रवाहमा सधैँ अवरोध हुने गरेको अस्पताल प्रशासनले बताउदै आएको छ।

ट्रेड युनियनको नाममा अस्पतालमा काम नगरी तलब, भत्ता बुझ्ने अवस्थाको अन्त्य गर्नसमेत गुनासो बढ्दै गएको छ। अहिले अस्पताल र स्वास्थ्य सेवा कार्यालय एकै ठाउँमा हुँदा काम गर्न मुस्किल हुँदै गएको बताइन्छ।

५० शैयाको अस्पतालमा आर्थिक रुपमा समेत मजबुत हुनुपर्ने भए पनि अहिले स्वास्थ्य सेवा कार्यालयमा प्रदेश सरकारले पठाएको बजेटसमेत भारी मात्रामा अपुग हुँदै आएको छ। १५ शैयाको अस्पतालको दरबन्दी पठाएर पछाडि हट्दै पूर्ण ५० शैयाको अस्पतालको दरबन्दी स्वीकृत गरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशकै प्रतिष्ठासँग जोडिएको जाजरकोट अस्पताललाई प्रभावकारी सेवा दिने बनाउका लागि बजेट विनियोजनमा समेत भारी मात्रामा सहयोग गर्नुपर्ने छ।

५० शैया र १५ शैयाको अस्पताललाई एकै नजरमा हेर्ने हो भने सेवा भन्दा सास्ती धेरै हुने, नागरिकको आवश्यकता ,चाहना पूरा गर्न मुस्किल हुने देखिन्छ।

 दुर्गममा काम गर्ने कर्मचारीलाई समेत सेवा सुविधा समयअनुसार बढाउनुपर्ने बाध्यता रहेको छ। अहिले स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरे बाफत पाउने रकमसमेत दिन स्वास्थ्य सेवा कार्यालयलाई भुक्तान गर्न हैरान हुने गरेको छ।

आफूसँग भएको स्रोत र साधनबाट सबैका चाहनाहरु पुरा गर्ने उदेश्यका साथ कामलाइ तीव्रता दिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कंडेलले बताए।

अहिले जाजरकोट अस्पतालमा निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल र अक्सिजन पलान्टसमेत संघ सरकारले नै उपलब्ध गराएको हो। प्रदेश सरकारको नाम तर संघ सरकारको कामले सबै काम हुने हो भने किन संघ सरकार माताहात नलिने भन्दै यहाँका सरोकारवाला निकायको एक स्वार सार्वजानिक हुँदै आएको छ। जिल्लाको स्वास्थ्य सेवालाई भरपर्दो बनाउका लागि सबै खालका कामहरु गर्ने र सेवाहरु थप्ने काम जारी रहेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए।

जाजरकोट अस्पतालका विषयमा आफू निकै सचेत रहेको र दुर्गममा लगानी बढाउनु पर्ने कुरामा सधै सकरात्मक भएको सामाजिक विकास मन्त्रालयका सचिव शन्तबहादुर सुनारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.