|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।

पुनलाई राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्वास्थ्य मन्त्री गिरीले शुक्रबार उनलाई ललितपुरको सुमेरु अस्पतालमा पुगेर भेटेका हुन्। 

वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते स्वास्थ्यमा फेरि समस्या देखिएपछि सुमेरु अस्पतालमा उपचार भइरहेको छ। 

कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.