|

म्याग्दी : सातौं म्याग्दी महोत्सवको अवसर पारेर म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले हात पारेका छन्।

बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटमा पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो।

त्यसैगरी महिला भलिबलतर्फको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ। बेनीको खुल्ला मञ्चमा शुक्रबार (आज) नै भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोझो ३ सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो।

पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई १९–२५, १३–२५ र १७–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताए।

महिला भलिबल प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष बानियाँले जानकारी दिए।

पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमशः ८८ हजार ८८८ र ५५ हजार ५५५ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रूपैयाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

सातौं म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.