|

काठमाडौं :  थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।

यो साताका तस्विर–

ग्रामीण जनजीवन :  पूर्वी रुकुमको लुकुम गाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएको मकै। तस्विर :डम्मर बुढा मगर

हाम्रो पहिचान :  तनहुँको ऋषिङ गाउँपालिकामा एक कार्यक्रममा साँस्कृतिक पहिरनमा सजिएका मगर युवती। तस्विर : पूर्ण विके

दुर्गमको ढुवानी :  मुगुको सदरमुकाम गमगढीबाट उपभोग्य सामग्री लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चड। तस्विर : रामदेवी खड्का

रमणीय गाउँ :  रुकुम पूर्वको  ऐतिहासिक​तकसेरा गाउँ। यो जिल्लाको सबैभन्दा ठूलो एकीकृत बस्ती हो। तस्विर : सर्जना कार्की

रहर कि कहर?: सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइनेस्थित कर्णाली नदीमा डु‌ंगामा बसेरमाछा मार्दै बालबालिका। तस्विर : सुरेश आचार्य

समयअनुसारको शैली :  सिन्धुपाल्चोकको सिपा धुसेनीका रविनाथ आचार्य धोक्राको झोलामा दूध बाहुनेपाटी बजार लैजाँदै। तस्वीर : देवराज सुवेदी

शोकको घडी : पोखराको सेती नदी खोँचमा आइतबार विमान दुर्घटना हुँदा ज्यान गुमाएकाको शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिँदै। तस्विर : रोशन सापकोटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.