|

काठमाडौं : प्रतिनिभिसभाको उपसभामुखका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारूढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।

उनीहरूले शुक्रबार संघीय संसद् सचिवालमा छुट्टाछुट्टै पुगेर मनोनयन दर्ता गरेका हुन्। रानालाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

त्यस्तै, यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.