|
फाइल तस्वीर

सल्यान : बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुकेले कास्य जितेकी छन्।

उनले ४२ दशमलव १९५ किलोमिटरको निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी हुन्।

श्रीलंकाकी खेलाडी दोस्रो भइन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तृतीय हुन सफल भएकी छन्।  मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड र वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे।

उपाधिसँगै पुष्पाले ५ लाख बंगलादेशी टाका र तेस्रो भएकी वृन्दाले ३ लाख टाका पुरस्कार पाएका छन्।

पुष्पा बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुुन् भने सन् २०२२ मा सो म्याराथनमा कास्य पदक जितेकी थिइन्। उनले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमान बनाएकी थिइन्।

पुरुषतर्फ भने हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन्। म्याराथनमा सन्तोषविक्रम विष्ट चौथो तथा किरणसिंह बोगटी सातौं स्थानमा रहे।

महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ चौथो, राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे।

नेपालबाट म्याराथनमा पुरुषतर्फ ३ जना‚ महिलातर्फ २ जना र हाफ म्याराथनमा पुरुषतर्फ २ जना र महिलातर्फ ३ जना गरी १० जना खेलाडी सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.