|

बैतडी : बैतडीकाे दशरथचन्द नगरपालिकामा माघ ९ गतेदेखि नगर स्तरीय महिला टि-२०   क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको  छ।  दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिले उक्त प्रतियाेगिताकाे आयोजना गरेकाे हाे । 

सहिद दिवसकाे अवसरमा आयाेजना गरिएकाे प्रतियोगिताका खेलहरू देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले  जानकारी दिए । 

 नगरका ७ टाेलीकाे सहभागिता रहने प्रतियोगिताकाे प्रथम पुरस्कार  नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय  पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । 

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई  १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको  छ ।  

प्रतियोगिताका खेलहरू आइसीसिको नियम र एलपिसिको आधारमा खेलाइने छन्। प्रतियाेगिताकाे समापनकाे दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ । 

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलाहरूको क्रिकेट खेलतर्फ  रूची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले  प्रतियोगिताकाे आयाेजना गरिएकाे दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाईले बताए।  निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.