|

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा  १ हजार ७४ जनाको जाँच गरिएको छ।

शुक्रबार र शनिबार आधारभूत अस्पताल चन्द्रौटामा भएको शिविरमा १ सय ५७ जनाको मोतियाविन्दुको निःशुल्क अपरेशन गरिएको छ भने २ सय ६० जनालाई चश्मा वितरण गरिएको छ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालिकाको आर्थिक सहयोगमा २ दिने निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको छ। अस्पतालका चिफ मेडिकल डाइरेक्टर शुभलक्ष्मी कटुवालको नेतृत्वको टोलीले आँखाका बिरामीको उपचार गरेको हो।

आर्थिक अभावले उपचार गर्न नसकी वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरूलाई निःशुल्क आँखा शिविरले सहयोग पुगेको शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले बताए। नगरले बजेट छुट्ट्याएर नगरबासीको आँखाको समस्या न्यूनीकरणमा सहयोग गर्ने प्रयास गरेको नगर प्रमुख थापाले बताए।

नगर उपप्रमुख शिवकुमारी थारुले हरेक वर्षजस्तै यो वर्ष पनि शिवराज नगरपालिकाले नगरभित्रका आँखाका बिरामीहरूलाई आँखा शिविरमार्फत निःशुल्क सेवा दिएको बताइन्। यस्तै शिविर माघ ९ र १० गते बुुद्धभूमि नगरपालिकाको मौवा माध्यमिक विद्यालयमा हुने अस्पतालका प्रशासकीय अधिकृत जसराज विकले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.