|

काठमाडौं : पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट खेल्न सुरु गरेका छन्। 

साउदी प्रो लिग अन्तर्गत गएराति भएको खेलमा अल नासरले इत्तिफाकलाई १–० ले पराजित गर्दा रोनाल्डोले भने गोल गर्न सकेनन्।  ३७ वर्षीय रोनाल्डो गत महिना अल नासरमा आबद्ध भएका थिए। इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा दुई खेलमा लागेको प्रतिबन्धका कारण रोनाल्डोले अल नासरबाट डेब्युका लागि कुर्नु परेको हो।

टिमको कप्तानी गरेका रोनाल्डोले पुरै समय मैदानमा बिताए। किङ साउद युनिर्भसिटी रंगशालामा भएको खेलको ३१ औँ मिनेटमा ब्राजिलियन एन्डरसन तालिस्काले गरेको गोलनै अल नासरको जितमा निर्णायक बन्यो।

रोनाल्डोले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। यसअघि उनले साउदीमा भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन विरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल गरेका थिए। अल नासर तालिकाको शीर्ष स्थानमा छ। उसको १४ खेलबाट ३३ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको अल हिलालको ३२ अंक छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.