|

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु विमानस्थलमा वर्षौंदेखि उपयोगविहीन मुख्य प्रवेशद्वार अन्यत्र सारिने भएको छ।

प्रवेशद्वार विमानस्थल टावरदेखि टाढा रहेकाले नजिकै प्रवेशद्वार राख्नका लागि प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिए।

ग्याभिङ जाली नहुँदा दुर्घटना हुने सम्भावना भएकाले हालसम्म प्रवेशद्वार सञ्चालनमा नल्याएको आचार्यको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँको लागतमा विसं २०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार प्रयोगमा आउन नसक्दा यात्रु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन्।

विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको फरक–फरक मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत आवतजावतमा समस्या हुने गरेको छ।

वैकल्पिक मार्ग अत्यन्त साँघुरो हुँदा सिकिस्त बिरामी धावनमार्गसम्म लैजानुपर्ने भएमा स्ट्रेचर प्रवेश गराउन समेत कठिन छ। साथै विमानस्थलमा ठूला सामग्री प्रवेश गराउ वा निकाल्न कठिन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.