|

काठमाडौँ : सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलवारबाट हुने भएको छ।

प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शीर्ष १६ गल्फरले सहभागिता जनाउँदै छन्। शीर्ष १६ मा रहेका चार गल्फर उपस्थित नहुने भएपछि यसपटक २० औं वरीयतासम्मका सहभागी हुने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए।

काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबको कोर्समा आयोजना हुने तीनदिने प्रतियोगिताका विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन्। यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन्।

मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ। बिहीवार फाइनल खेल हुनेछ। फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.