|

ललितपुर : छैटौँ मेयरकप तथा दोस्रो नेपाल फुल कन्ट्याक्ट इनकर्पोरेटेड क्योक्योसिन कराते प्रतियोगितामा काठमाडौंले वर्चस्व कायम गरेको छ।

नेपाल फुल कन्ट्याक्ट इनकर्पोरेटेड क्योक्योसिन कराते फाउण्डेसनको आयोजनामा ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीको प्रा‌ंगणमा भएको प्रतियोगितामा काठमाडौंका खेलाडीले तीन इभेन्टमा पहिलो स्थान हासिल गरेका छन्।

कुल आठ वटा इभेन्टमा ललितपुरले पनि दुई वटा इभेन्टमा जीत हात पारेको छ। ललितपुरका पुरुष २५ केजी तौल समूहमा वनितजंग खड्का, पुरुषकै ५० केजी तौल समूहमा विराज पुलामी मगर विजयी भए। ३५ केजी पुरुषमा काठमाडौंका दीपेन्द्र रोकाया प्रथम हुँदा पुरुष खुला तौलमा पनि काठमाडौंकै अमित मर्हजन विजयी भए।

यस्तै काठमाडौंकी जानकी कपाली महिला ५५ केजी तौल समूहमा विजेता भइन् भने महिला खुलातर्फ कास्कीकी रोजिना भुजेलले बाजी मारिन्। महिला ४५ केजीमा मकवानपुरकी सिवानी आलेमगर विजयी हुँदा पुरुष ६० केजीमा काभ्रेका संजेश तामाङ प्रथम भए।

दुईदिने प्रतियोगितामा ८ जिल्लाका १२५ खेलाडीले भाग लिएका थिए। विजेतालाई बागमती प्रदेश सभाका सांसद मीनकृष्ण मर्हजनले पुरस्कार वितरण गरे। कार्यक्रममा पत्रकार युमाश शेर्पालाई पनि सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.