|
फाइल फोटो

पाल्पा :  पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।

बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ। यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए। 

एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने निरौलाले बताए। ठेकेदारले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने छ।

यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.