|

धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री यादवले मंगलबार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन्। मधेशमाअहिले १० मन्त्रालय छन्। सरकारको नेतृत्व जसपा र जनमतले आलोपालोरूपमा गर्ने सहमति गरेका छन्। 

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.