|

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको यो वर्षको प्रतियोगिता आयोजना सूचीमा रहेको इलामको माई भ्याली गोल्डकप नहुने भएको छ। 

पूर्वी पहाडको प्रतिष्ठित गोल्डकपको सातौँ संस्करण २०७९ सालमा आयोजना नगर्ने आयोजक संस्था माई भ्याली फुटबल क्लबले जनाएको छ। क्लबका अध्यक्ष दिनेश काफ्लेले प्रतियोगिता यस वर्ष आयोजना नहुने बताए।

‘एन्फाले दिएको मितिमा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल र अन्य गोल्डकप चल्ने भएकाले राष्ट्रिय खेलाडी उपलब्ध नहुने भएका कारण हामीले यो वर्ष माई भ्याली गोल्डकप गर्दैनौँ।’ काफ्लेले भने, ‘एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग समेत छलफल गर्दा उहाँले साख नगुमाउनुस्, बरु प्रतियोगिता अर्को साल भव्य रूपमा गर्नुस् भन्ने सल्लाह बमोजिम हामी अघि बढेका छौ।’ २०८० को मध्यतिर प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए। 

कोभिड संक्रमण सुरु भएपछि २०७६ यता माई भ्याली गोल्डकप सञ्चालन हुन सकेको छैन्। यो गोल्डकप नेपालमा बढी दर्शक बटुल्ने प्रतियोगितामध्येमा पर्छ । आयोजकले टिकटबाट ​एकै दिनमा १६ लाख रुपैयाँसम्म उठाउने गरेको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.