|

हेटौंडा : नेकपा एमालेले बागमती प्रदेश सरकारको मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । 

बुधबार बिहान बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको हो।  

एमालले एकालाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। मन्त्री बन्न लागेका श्रेष्ठ उधोग मन्त्री बन्न लागेका हुन् भने यसअघि दलको नेता जगन्नाथ थपलिया अर्थमन्त्री बनिसकेका छन्। अरु दुइजनाको मन्त्रालय टुङ्गिन बाँकी छ। मुख्यमन्त्रीसहित ४ मन्त्री पाएको माओवादी र ३ मन्त्री पाएको राप्रप्राको मन्त्री बन्नेको नाम टुङ्गिन बाँकी छ। 

मन्त्रिपरिषद्मा नेकपा एस र हाम्रो नेपाली पार्टीलाई सहभागी गराउने मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रयास असफल भएको छ। गठबन्धनका अन्य दल एमाले र राप्रपाले सहमती नजनाएपछि उनिहरुलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको प्रयास असफल भएको हो। 

दुवै दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेकपाका ७ जना र हाम्रो नेपालीका २ सांसदले विश्वासको मत समेत प्रदान गरेको थियो। हाम्रो नेपाली दलले सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो।

बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.