|

काठमाडौं : प्रतिनिधिसभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ। माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भएका थिए भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भएकी थिइन्।

निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधिसभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्। कुनै दलको नेता भएर सभामुखले काम गरेका छन्, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरुबाट टाढा रहने चुनौती अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ। दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भूमिका तटस्थ रुपमा नर्वाह गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ। सभामुखले संसदको नेता (सभामुख) को रुपमा तटस्थ भूमिका निर्वाह गर्नुपर्छ। आफ्नो भूमिका कुनै दलगत नभई सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसकेका छन्।

सभामुखको आगामी काम, कर्तव्य र संसदमा आफ्नो भूमिकाबारे न्युज एजेन्सी नेपालसँग गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको समयानुकूल आँखाले हेर्दा प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ?

प्रतिनिधिसभा स्वाभाविक रूपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा हो। अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो। जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरू सहितको आएको छ।

संख्याको हिसावले अलि ठूलो संख्यामा आएको छ। अनुभवको हिसाबले पनि अलि नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरु आउँदा त्यो खालको अनुभवभन्दा बाहिरका अनुभवहरुसहित आउनुभएको छ। त्योबाहेक एउटा प्रणालीबाट आउनुभएको छ। पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसाबबाटै चल्नुहुन्छ। 

त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ? हाम्रो गरिमा के हो? हाम्रो महत्व के हो? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन्? तरिकाहरु के हुन्छन्? प्रणालीहरु के हुन्छन्? भन्ने कुरामा काहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ। र गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ।

त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वाभाविक हो। तर आधारभूत रुपबाट त्यस्तो खास फरक छैन। त्यस्तो नयाँ मैले महशुस गरेको छैन।

परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरुको प्रतिस्पर्धीका रूपमा आएका शक्तिहरु बीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ?

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरु भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरु हुन्छ।

त्यो दिशामा सबै माननीयज्यूहरूले भूमिका निर्वाह गर्नुहुन्छ र आइपरेका चुनौतीहरु भनेको जिम्मेवार नेताहरुको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरु त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिन्छ। त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ।

 

अहिलेको संसद त्रिशंकु अनि सरकार पनि, सरकार आफू बलियो भइराख्न संसदको सबैभन्दा बढी साहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाई निरपेक्ष तटस्थ हुने कि सापेक्ष सहयोगी हुने?

राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ। यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो। त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरु गरेका हुन्छन्। भन्नाले ऐन पनि तदनुकूल बनेको हुन्छ। नियमावली पनि तदनुकूल बनेको हुन्छ। निष्कर्ष पनि तदनुकूल नै निस्किन्छ।

त्यही दिशाबाट जाँदा संसदको स्वरुप सरकारमा हुनु स्वाभाविक छ। सरकार संसदमाथि निर्भर हुनुपनि स्वाभाविक छ। तर, त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु।

संसदभित्र सांसदहरुको प्रस्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ, संसदको गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ ?

यसलाई फर्काउने र धेरै अगाडि बढिसकेको वा हिजो यस्तो चाहिँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्नेभन्दा पनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ।

त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ? हाम्रो गरिमा के हो? हाम्रो महत्व के हो? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन्? तरिकाहरु के हुन्छन्? प्रणालीहरु के हुन्छन्? भन्ने कुरामा काहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ। र गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ।

मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसावले भन्ने हो भनेदेखि यहाँहरूको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरू बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ।

संघीय संसद् विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरुको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ, यी अवाञ्छित क्रियाकलापहरुबारे तपाईंको बुझाइ के छ?

यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन।

संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको अहम् भूमिका हुन्छ, पत्रकारहरुमार्फत संसदका विषयवस्तुहरूको सही सम्प्रेषणका लागि कस्तो भूमिका हुन्छ?

विगतबाट शिक्षा लिनु नै पर्छ। विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटनाहरु छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने।

पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडी बढेर राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि यहाँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ। यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.