|

धनकुटा :  माघ महिना भएकाले जाडो नहुने कुरै भएन त्यो पनि पहाडि जिल्ला धनकुटामा। धनकुटामा मंसिरदेखि फागुनसम्म निकै चिसो हुने गर्छ।

चिसो मौसम भए पनि धनकुटा महोत्सवले धनकुटा सदरमुकामको महौल तातिएको छ। मंगलबार साँझ बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल तताउन महोत्सवस्थलमा हजारभन्दा बढीको संगीतका पारखीको उपस्थिति थियो।

कार्यक्रममा गायिका प्रविशा अधिकारीलगायत स्थानीय कलाकार धनकुटाका संगीत पारखिलाई मनोरञ्जन प्रदान गर्न तैनाथ थिए। धनकुटामा लामो समयको अन्तरालमा सांगितीक रसस्वादन गर्ने अवसर जुरेर होला तिनका पारखीहरू उल्लेख्य उपस्थिति थियो। औपचारिक कार्यक्रम सुरु भएपछि गायिक अधिकारी मञ्चमा पुगिन् तब उनलाई उनका समर्थकले निकै ठूलो हुटिङ लगाए।

त्यसपछि अधिकारीले सांगितिक मनोरञ्जन दिन सुरु गरिन्। अधिकारीका समर्थकको साथले महौल निकै तातिएको थियो। द भ्वाइस अफ नेपालकी जर्ज भएपछि चर्चामा रहेकी अधिकारीले एक दर्जन गित गाउँदा महोत्सव स्थलको माहौल निकै रोचक बनेको थियो । अधिकारीले के साच्चै तिमी रिसाएकै हौ त, गोठालो दाइले, दुरी मजबुरी, कति माया गर्छौ, छातीमा मेरो यो छोटो भोटो, यो गीत हो प्रेमको, फूल होइन गाढालगायत दर्जन गीत गायकी थिइन्।

केही गित दर्शकको अनुरोधमा दोहोर्याउनु परेको थियो। उनको प्रस्तुतीमा दर्शक हुटिङसहित छमछमी नाचेका थिए। धनकुटाको तल्लो टुँडिखेलमा आयोजनामा गरिएको महोत्सवमा अधिकारीले आफ्नो एकल प्रस्तुती दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी हुन्। मंगलबार बेलुका नै गायक गौरबनारायण राईले पनि सांगितिक प्रस्तुती दिएका थिए भने टिन्स क्रियु डान्स सेन्टर धनकुटाले नृत्य प्रस्तुत गरेको थियो।

यसअघि आइतबार गायक कृष्णभक्त राई र यसकुमारले धनकुटेली दर्शकलाई मनोरञ्जन दिएका थिए। धनकुटा उद्योग वाणिज्य संघको आयोजना गरेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौ धनकुटा महोत्सवको पाचौँ दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक श्रीराम रायमाझीले जानकारी दिए।

महोत्सवमा कृषि प्रदर्शनी र हस्तकलालाई प्राथमिकतामा राखिएको र हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुती रहेकोले दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक रायमाझीले बताए। माघ ६ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म चल्ने छ भने बुधबार साँझ चर्चित हास्यकलाकार फुलेन्देको आमाको प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यसपछि अन्य दिनहरुमा प्रमोद खरेल, मेलिना राई, आस्था राउत, प्रश्ना शाक्यलगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.