|

हेटौंडा : बागमती प्रदेश सरकारको मन्त्री बन्ने सबैको नाम टुंगो लागेको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो। मङ्गलबार प्रदेशमा हाल कायम रहेको १४ मन्त्रालय घटाएर ११ बनाउने निर्णय भएको थियो।

मन्त्रालय संख्या टुङ्गिएसङै मुख्यमन्त्री शलिकराम जमकट्टेलले बुधबार मन्त्रिमण्डललाइ पूर्णता दिन लागेका छन्। प्रदेश सरकारमा माओवादीले मुख्यमन्त्रीसहित ४,एमालेले ४ र राप्रपाले ३ मन्त्री पाउने भएका छन्।

मन्त्रालयको भागवण्डा मिलेसँगै सबै दलहरुले मन्त्रीहरुको पनि टुङ्गो लगाएको छ। राप्रापाबाट विना विभागीय मन्त्री बनेक दलको नेता उज्ज्वल थापा खानेपानी मन्त्री बन्ने भएका छन् भने डम्बर तामाङ उधोग तथा सहकारी मन्त्री र राजु विष्ट मन्त्री बन्दै छन्।

मुख्यमन्त्री पाइसकेको माओवादिले बुधबार थप ३ मन्त्री पाउन लागेको छ। माओवादिबाट युवराज दुलाल भौतिक पुर्वाधार, कुमारी मोक्तान सामाजिक विकास र गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन्।

यसअघि एमालेले पनि मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो। एमालले एकालाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। मन्त्री बन्न लागेका श्रेष्ठ उधोग मन्त्री बन्न लागेका हुन् भने यसअघि दलको नेता जगन्नाथ थपलिया अर्थमन्त्री बनिसकेका छन्। बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.