|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। 

अध्यक्ष सुदेश पराजुलीले बुधबार जारी गरेको विज्ञप्तिमा इलामका प्रेम आचार्यले आत्मदाह गरेको विषय गम्भीर रहेकाले गृहमन्त्री लामिछानेले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको हो। 

‘हत्या अभियोग लागेका अपराधीहरू संसदीय अभ्यासमा सहभागी भइरहन्छन् तर आफ्नै नागरिकता सम्बन्धित प्रश्न उठेका गृहमन्त्री वालहटको चिच्चाहट गरिरहन्छन्। उनलाई शान्ति सुरक्षाप्रति जवाफदेही बन्नु छैन। राज्यलाई जन उत्तरदायी बनाउनु छैन। मात्रै वक्तव्यवाजी र कुर्सी चाहिएको छ। नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा बस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन्,’ विज्ञप्तिमा भनिएको छ।

साथै अनेरास्ववियूले सरकारका मन्त्रीहरूले बहुरूपी र बहुरङ्गी देखिएको बताएको छ। कोही मन्त्रीहरू संघीयता खारेजीको वकालत गर्दछन् भने कोही मन्त्रीहरू काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिएको अनेरास्ववियूको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.