|

धनकुटा : धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ।

वि.स. २०१८ देखि २०२३ सम्मका तस्बिर समेत प्रदर्शनीमा राखिएपछि महोत्सव हेर्न आउनेहरूको ध्यान केन्द्रित गरेको हो। धनकुटा जिल्लाका पुराना तथा सबै स्थानीय तहका पर्यटकीय क्षेत्र समेटिएको फोटो प्रदर्शनीमा राखिएपछि अवलोकनकर्ताको आकर्षण बढेको हो।

पर्यटकीय ठाउँ, मनोरम प्राकृतिक दृश्य, कृषि, घरेलु उत्पादन सहित मौलिक जनजीवन झल्कने आकर्षक फोटो प्रदर्शनीमा रहेका छन्। धनकुटाका पुराना तस्वीरहरू विदेशी नागरिकले खिचेका र स्थानीय सुरेन्द्र आठपहरियाले सुरक्षित गरेका हुन्।

पर्यटकीयस्थल, प्राकृतिक दृश्य, कृषि, घरेलु उत्पादन फोटो क्रियाशील पत्रकार र फोटो व्यवसायीहरूले खिचेका प्रदर्शनीमा राखिएको फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरेले बताए।

धनकुटाका सबै ठाउँमा पुग्न नसकेपछि जिल्लाका सबै ठाउँलाई फोटोबाट हेर्न सकिने अवस्था रहेको फोटो प्रदर्शनीमा पुगेका जीवन राईले बताए। उनले फोटो प्रदर्शनीले धनकुटाको विगत र वर्तमानको बारेमा अध्ययन गर्न समेत सघाउ पुर्‍याएको बताए।

धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा समावेश गरिएको फोटो प्रदर्शनीले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्य लिएको उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.