|
फाइल तस्वीर

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी एक महिलालाई बुधबार दिउँसो जङ्गली हात्तीले आक्रमण गर्दा घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन्।

प्रहरीका अनुसार आक्रमणबाट गम्भीर घाइते भएकी लल्लुको बेलौरीमा उपचार भइरहेको छ। गत पुस तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एकजना स्थानीय घाइते भएका थिए।

निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खोलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.