|

काठमाडौं : यूईएफए नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ। 

युरोपियन फुटबल महासंघ यूएफाको मुख्यालय स्वीटजरल्यान्डमा भएको ‘ड्र’ मा  कतार विश्वकपमा तेस्रो भएको क्रोएसियाले नेदरल्याण्डसँग भिड्ने छ। 

गत नोभेम्बर–डिसेम्बरमा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो। तेस्रो स्थानको प्ले अफमा लुका मोड्रिचको टिमले मरोक्कोलाई पराजित गरेको थियो। 

अर्को सेमिफाइनलमा स्पेन र इटाली आमने सामने हुनेछन्। स्पेनले सन् २०२१ मा इटालीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

उपाधि भिडन्तमा स्पेन फ्रान्ससँग पराजित भयो। सेमिफाइनलका खेल जुन १४ र १५ मा हुनेछ। क्रोएसियाले पहिलो पटक नेसन्स लिगको सेमिफाइनल खेल्दैछ। नेदरल्यान्डस सन् २०१९ को उपविजेता हो।

पहिलो संस्करणमा नेदरल्यान्ड्सलाई हराएर पोर्चुगल च्याम्पियन भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.