|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

माघ १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विशेष कारणवश बैठक स्थगित गरिएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि पुस २२ बाट पुस २८ गते सारिएको बैठक त्यसपछि फेरि माघ १५ गतेलाई सारिएको थियो। बैठकमा प्रतिनिसिभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे समीक्षा गर्ने कार्यसूची तोकिएको थियो। 

बैठक पटक पटक सरेका कारण कांग्रेसले चुनाव सकिएको दुई महिना नाघिसक्दा पनि समीक्षा गर्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.