|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार फेरि बस्ने गरी सकिएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गरेका छन्। 

‘आज अध्यक्षज्यूको सामान्य ब्रिफिङ मात्रै भयो’, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘भोलि बिहान ११ बजे बसेर हामी नियमित एजेण्डामा छलफल गर्छाैं।’ 

अर्को प्रसङ्गमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले राष्ट्रपतिमा आफूहरुले साझा व्यक्तिको लागि पहल गरेको बताए।

‘संविधानको मर्म र भावना पनि त्यही हो। कुनै दलको भन्दा पनि अलग व्यक्ति भयो भने काम गर्न सहज हुन्छ भन्ने हो’, पौडेलले भने, दलहरूबीच छलफल जारी छ।’

 त्यसका लागि सबै दलहरूसँग आफूहरू छलफलमा रहेको पनि पौडेलले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.