|

महोत्तरी : जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीया एक महिलाको मृत्यु भएको हो।

लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

यस्तै सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१ त २२६४ नम्बरको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

दुर्घटनामा अन्य २८ यात्रु घाइते भएका छन्। उनीहरूमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, ९ को साइमल्टी स्पेस्लिटी अस्पताल र सातजनाको उपचार शुभ स्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ।  

घाइते यात्रु महोत्तरी, धनुषाका र केही भारतीय हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.