|

काठमाडौ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज न्यायका लागि सडकमा प्रदर्शन गरेको छ। शुक्रबार माइतीघरमा भेला भएर  सुकुम्बासी अभियान्ताहरुले र्‍यालीसहित बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले आफ्ना विभिन्न माग सरकारसमक्ष राख्दै नारा लगाएका थिए। उनीहरुको मुख्य माग भूमि अभियान्ता माथिको झुठो जाहेरी निसर्त फिर्ता हुनुपर्ने,  भु-स्वामित्व सहितको स्थायी विकल्प बिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐनबमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गरिनुपर्ने जस्ता छन्।

काठमाडौ महानगरपालिकाले केही महिना अघि थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन प्रयास थालेसँगै सुकुम्बासीहरु आन्दोलनमा उत्रिँदै आएका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.