|

काठमाडौं :  सर्वियाका नोभाक जोकोभिच, दशौं पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

मेलबर्नमा शुक्रबार भएको खेलमा पूर्वनम्बर एक जोकोभिचले अमेरिकाका टम्मी पललाई ३–० को सोझो सेटमा पराजित गरे। 

३५ वर्षीय जोकोभिचलाई पहिलो सेट जित्न संघर्ष गुर्नुपर्यो। पलको कडा चुनौतीको बाबजुत उनले ७–५ ले सेट आफ्नो पक्षमा पारे। दोस्रो सेट भने एकपक्षीय रह्यो। जोकोभिचले ६–१ को सहज जित हात पारे। उनी तेस्रो सेटमा ६–२ को जितसहित फाइनल पुगेका हुन्। 

अस्ट्रेलियन ओपनमा पुरुष एकलतर्फ जोकोभिचको यो लगातार २७ औं जित हो। 

सन् २०१८ यता मेलबर्न पार्कमा जोकोभिचलाई कुनै पनि खेलाडीले पराजित गर्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.