|

काठमाडौं : नेकपा एमालेले आज शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ। प्रजातन्त्र प्राप्तिका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा शहीद स्मृति दिवस मनाउन लागिएको एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

विसं १९९७ मा सहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान व्यक्त शहीद दिवस मनाउन लागिएको हो। दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने प्रचार विभाग सचिव विष्टले बताए।

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.