|

भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन्। शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्।

दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.