|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको बताएका हुन्। उनले धेरैले लामिछाने अनागरिक/राज्य विहीन भएको टिप्पणी गरेको भन्दै यस्तो दाबी गरेका हुन्। 

‘नेपालको संविधान, पृष्ठ ४ मा नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्। लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्य विहीन होइनन्,’ मिश्रले भनेका छन्। 

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.