|

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भए नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन्।​

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्वयन भए नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताए।

उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको स्वीकार गरे। उनले तत्कालका लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गरे। पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको दाबी गरे।

उनले भने, ‘संविधान युगौंयुगको लागि बनाइने हो तर हामीलाई तत्कालका वेला एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नका लागि बनाएका छौँ। संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन। हामीले तात्कालिक कुरा रोक्न संविधान बनाएका छौँ। सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन। संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ।’

पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.