|

चन्द्रौटा : कपिलवस्तुको मायादेवी गाउँपालिका ३ बिचौवापुरबाट ५५ बोरा मलसहित एक ट्याक्टर पक्राउ परेको छ।

शनिवार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन्। सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिइन्। पक्राउ पर्नेको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ। प्रहरीले त्यस विषयमा थप अनुसन्धान शुरु गरेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.