|

काठमाडौं : बेलारुसकी आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन्।

मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन्। पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले पराजित गरिन्। 

साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो। २४ वर्षीया साबलेन्काले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्।

पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन्।सर्वियाका नोभाक जोकोभिच, दशौं पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.