काठमाडौं : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।