|

धनकुटा : धनकुटा महोत्सबमा दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्दा च्यापिएर ३० जना घाइते भएका छन्। 

घाइते भएका मध्ये  २ जनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको टाउकोमा चोट लागेको छ। अन्य घाइते भएका १६ जनाको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने वाँकी १२ जनाको धनकुटा अस्पताल उपचार भइरहेको छ। 

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर घाइते भएका हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विवरण आइरहेको बताइन्। 

सांगितिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निःशुल्क रुपमा प्रवेश पाउने आशमा कार्यक्रम स्थालको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो। भिड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि भीड भएको प्रत्यक्ष दर्शीले बताएका छन्। 

धनकुटा महोत्सबमा गायक प्रमोद खरेल आउने कार्यक्रम थियो। घटनापछि महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ भने ११ बजे जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.