|

काठमाडौं : वरिष्ठ पत्रकार युवराज घिमिरेलाई ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गरिएको छ । 

कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा शनिबार आयोजित कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरे।

पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नामबाट सम्मानित हुँदा गर्व महशुस  गरेको बताए। 

कार्यक्रममा नेता गुरुराज घिमिरे, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेता हसन अन्सारीलगायत सहभागी थिए थिए । यसअघि सो पुरस्कार ईकागजका प्रधान सम्पादक हरि थापालाई प्रदान गरिएको थियो। 

नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.