|

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रूपमा विकास गर्न माग गरेको छ।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताए।

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए। उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताए।

उनले गंगालाल अस्पताललाई  राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाई दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रूपमा विकास गर्न जरुरी रहेको बताए। उनले अब पनि औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे।

उनले भने, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ। लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ। गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ। प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ। मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ। त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ। गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउने कुार आवश्यक छ, यो देशको आवश्यक्ता हो। यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौँ। त्यसका लागि प्रशस्त सार्वजनिक जग्गाहरु छन्। ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौँ। अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ। अब औपचारिकतामा नै सिमित रहेर परिवर्तन गर्न सकिँदैन। आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ। नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ।’

सांसद पौडेलले सरकारी कार्यलयहरूमा काम गर्नेहरूको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.