|

काठमाडौं : भारतले  पहिलो संस्करणको महिला यू–१९ टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ।

दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा च्याम्पियन बन्न सफल भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो।​ सेनविस पार्कमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

भारतको जितमा  गोन्गाडी त्रिशा २४ रनमा आउट हुँदा सौम्य तिवारीले अविजित २४ रन बनाईन्। कप्तान शफाली बर्मा १५ रनमा आउट हुँदा श्वता सेरावतीले ५ रन बनाइन्।​ इंग्ल्याण्डका हन्ना वाखिर,एलेक्स स्टोनहाउस र ग्रिस एभेन्सनले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो।​ इंग्ल्याण्डका लागि रायना म्याकडोनाल्ड १९ रनमा आउट हुँदा एलेक्स स्टोनहाउस र सोफि स्मालीले समान ११/११ रन बनाईन् । 

भारतका लागि प्रशिभि चोपडा,टिटास सन्धु र अर्चना देवीले समान २/२ तथा मनत काश्यप,सोनम यादव र कप्तान शफाली बर्माले समान १/१ विकेट लिईन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.