|

काठमाडौँ : अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी राजदूतावासले जनाएको छ। 

उनले नेपालको सांस्कृतिक सम्पदा पनि अवलोकन गर्नेछिन्। सन् २०२१ को अप्रिलदेखि उनी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री हुन्। त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका थिइन्।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्।

सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म यूरोपेली तथा यूरेशियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्यरत थिइन्।

उनी हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री हुँदा विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने  राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी स्थायफ प्रतिनिधि थिइन्।

उपविदेशमन्त्री नुल्यान्ड सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकार थिइन्।

उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै रूस, चीन र मंगोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न पदमा रही काम गरेकी छन्। उनी ब्राउन विश्वविद्यालयबाट इतिहासमा स्नातक हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.