|

पाल्पा : तिनाउ गाउँपालिका–३  मा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार दिउँसो करिब २ बजे तिनाउ गाउँपालिका–३ भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर पोखरीमा डुबेका थिए।

तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लैजाने क्रममा ृनलाईचिकित्सकले मृत घोषणा गरेका थिए।

उनी रूपन्देहीको सिद्धार्थ नगरपालिका ४ का दीपककुमार बानियाँसँगै घुम्न आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच आइतबार नै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुर नगरपालिका–२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

रामपुरकै बेझाडबाट सोही नगरपालिकाको वडा नम्बर ५ कान्जीहाउस तर्फ जाँदै गरेको लु१८प १४९७ नम्बरको मोटरसाइकल कान्जीहाउस नजिकै दुर्घटना भएको हो। 

घाइते नेपालीलाई रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थापाले बताए। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.