|

काठमाडौं : सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ ।  जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्। 

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।  शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.