|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्। सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए। उनले  देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए। उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको स्रोत भएको बताए।

उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई  शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए।

आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए।

उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौँ। यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ। देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन्। उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्। अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भुमिका खेलिरहेका हुन्छौँ। माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छौं। स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो। म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु।’

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पणसमेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.