|

विराटनगर : विराटनगर महानगरपालिकाले पार्किङ निषेध गरेपछि  त्यसको विरोधमा  व्यापारीहरु आन्दनेलनमा उत्रिएका छन्।

महानगरले विकल्पबिना नै  पार्किङ्ग  निषेध गरेपछि सोमबार व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले यसको विरोधमा महानगरपालिका घेराउसमेत गरिने बताएका छन्।

मोरङ खुद्रा व्यापार संघका अध्यक्ष सञ्जय मण्डलले महानगरपालिकाले विकल्पबिना नै पार्किङ्ग निषेध गरिएकाले व्यवसायमा नै असहज भएको उनले बताए।

बि प्लटमा दिएको पार्किङ्क  सानो ठाँउमा  धेरै साधन राख्नुपर्ने हुँदा  असहज भएको बताउदै उनले  महानगरले  विकल्प दिनुपर्नेमा जोड दिए। महानगरले तत्कालि एकतर्फ बाटो  दिनुपर्नेमा जोड दिँदै  उनले आगामी दिनमा पार्किङ्गका लागि ठूलो स्थान पाए आफूहरु सहमतिमा आउन सक्ने उनले बताए।

यता, व्यापारी सुनिलकुमार रजकले पार्किङ्ग निषेध गरेसँगै व्यवसाय ठप्प हुने सम्भावना रहेको बतााउछन्।  ग्राहक नै आउन छोडेको बताउँदै  उनले महानगरले पार्किङ्गका लागि विकल्प दिनुपर्नेमा जोड दिए।

महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो। यसका लागि पुरानो जलजला हल उत्तरतर्फ जुत्ता–चप्पल मेला लाग्ने स्थान र ग्रिनक्रस अस्पताल पछाडीको खाली जग्गालाई पार्किङ स्थल घोषणा गरेको छ।

यसैगरी, महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोड सम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ। यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रुपमा तोकेको महानगरले  जनाएको छ।

अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ। यसका लागि पुरानो गुद्री बजारको ईप्लटलाई पार्किङस्थल तोकिएको छ।

यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रुपमा प्रयोग गरिदैं आएको छ। हनुमान मन्दिर–जलजला चौकसम्म केही वर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.