'राष्ट्रपतिमा एमालेलाई नसघाए माओवादी भद्रगोलमा पर्छ'
'राष्ट्रपतिमा एमालेलाई नसघाए माओवादी भद्रगोलमा पर्छ'
विराटनगर : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले देश तुरुन्तै मध्यावधितिर जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले यस्तो बताएका हुन्।
उनले नेपालमा राजनीतिक कोर्स परिवर्तन गर्न यस्तो बाह्र–सत्ताइस खेल भयो भने देश दुर्घटनातिर जाने सम्भवना रहेको बताए। देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्ने बताउदै उनले भने,‘त्यसलै दलहरूले चेत्नुपर्छ।’
उनले चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको बताए।
राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताउँदै उनले नेपालको राजनीतिक अवस्था षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गरे।
‘सभामुख र राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएकोछ,’ उनले भने,‘माओवादीले नैतिकताका आधारमा सघाउनुपर्ने हुन्छ।’
उनले बीचमा आएर राजनीतिक परिवर्तन हुन्छ भने एउटाको मात्रै भद्रगोल नहुने बताउँदै उनले देशकै भद्रगोल हुने दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।