|

धनकुटा : माघ ६ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालित धनकुटा महोत्सव सोमबार सम्पन्न भएको छ।

प्रादेशिक व्यापार मेला‚ कृषि प्रदर्शनी तथा एभोकाडो एवं पाँचौं धनकुटा महोत्सव नाम दिइएको महोत्सवमा करिब ५ करोड रूपैयाँको कारोबार भएको र करिब १ लाख दर्शकले अवलोकन गरेको धनकुटा उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले जानकारी दिए।

धनकुटा उद्योग वाणिज्य संघको आयोजना गरेको महोत्सवमा १ सय ८२ वटा स्टल रहेका थिए। जसमा कृषि र घरेलु उत्पादनलाई प्राथमिकतामा राखिएको थियो।

महोत्सवको समापन गर्दै प्रदेश सांसद निरन राईले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न यस्ता महोत्सव आयोजना हुनुपर्ने बताए। महोत्सवले धनकुटाका घरेलु उत्पादन र कृषि सामग्रीको प्रवर्द्धन भएको उनले बताए।

थाहाकर्मी थापासहित ५ जना पत्रकार सम्मानित

धनकुटामा थाहाकर्मी ईश्वर थापासहित ५ जना पत्रकार सम्मानित भएका छन्। पत्रकारितामार्फत धनकुटा महोत्सवको प्रचारमा सहयोग गरेको भन्दै धनकुटा उद्योग वाणिज्य संघले थाहाखबरका धनकुटा संवाददाता ईश्वर थापासहित ५ पत्रकारलाई नगदसहित सम्मान गरेको हो।

थाहाखबरडटकम तथा रेडियो थाहासञ्चारका धनकुटा संवाददाता थापासहित कान्तिपुर दैनिकका धनकुटा संवाददाता रमेशचन्द्र अधिकारी, सँगालोखबरडटकमका रविन कटेल, अर्थ न्युज टेलिभिजनका धनकुटा संवाददाता सन्तोष सुवेदी र रेडियो लालीगुराँशकी समाचार प्रमुख शर्मिला राईलाई पाँचौं धनकुटा महोत्सवमा सम्मान गरिएको हो।

थापासहितका पत्रकारलाई प्रदेश १ का सांसद निरन राई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले संयुक्त रूपमा सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए। धनकुटा उद्योग वाणिज्य संघले महोत्सवका वेला पत्रकारितामार्फत सघाउने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.