|

इलाम : नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारसँग भेट गर्दै सिंगो देश साथमा रहेको बताएका छन्।

काजक्रिया भइरहेको सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको मूल घरमा पुगेर शर्माले भने‚ ‘उहाँले उठाएका विषयप्रति गम्भीर छौं। तपाईंहरूको साथमा सिंगो देश उभिएको छ।’

झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थ भएको बताउँदै यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए। 

‘सरकारी प्रक्रियाको हैरानी निकै कहालीलाग्दो छ,’ उनले भने‚ ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ। प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं।’

आचार्यको काजक्रियामा रहेकी पत्नी नानुका आचार्य, उनका दाजु, छोरी, आमा र हजुरबुवासहित परिवारसँग काँग्रेस महामन्त्री शर्मासहित काँग्रेस इलामका सभापति डम्बर खड्का, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, झापा क्षेत्र १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले भेट गरी समवेदना व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.