|

पर्वत : एबिसी टेलिभिजनका गण्डकी ब्युरो प्रमुख एमबी आस्था मगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशनका अवसरमा सञ्चारकर्मी तथा गायक स्वर्गीय सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट उनी पुरस्कृत भएका हुन्। उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष रमेश बि.जी.ले सम्मान पत्र, दोसल्ला तथा नगद प्रदान गरे।

सो अवसरमा केन्द्रीय अध्यक्ष बि.जी.ले कलाकार देशको गहना भए तापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए। उनले लोक तथा दोहोरी गीतको विकासका लागि कलाकार सम्बद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखे।

प्रतिष्ठानले सोही कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्व तथा अग्रज कलाकारहरूलाई पनि सम्मान गरेको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए।

पुरस्कृत आस्था मगर दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन्। उनी नेपाल आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेश इन्चार्जसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.