|

काठमाडौं : नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। आज पाँच सयले घटेर  एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.