|

धनगढी : धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले सञ्चालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो।

जिप्रका कैलालीको टोलीले उद्योग सञ्चालक धामीसहित दार्चुलाको नौँगाड-२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ केदारस्यु-७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक-२ घर भई कैलालीको बर्दगोरिया-४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो।

उनीहरूबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.